कालीगण्डकी गाउँपालिका र जैमिनी नगरपालिका बीच असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न
बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाले आज कालीगण्डकी गाउँपालिकाको भ्रमण गरी गाउँपालिकाले सञ्चालन गरेका असल अभ्यासका क्रियाकलापहरुको छलफल र मिर्मी आधारभूत विद्यालयको अवलोकन गरेको छ ।
गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष साबित्रा कोइरालाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुन, वडा अध्यक्ष, कार्यालपालिका सदस्य, प्रधानाध्यापक, कर्मचारी, बाल क्लबका अध्यक्षहरुको सहभागितामा रहेको कार्यक्रममा गाउँपालिकाले विभिन्न क्षेत्रमा सञ्चालन गरेका योजनाहरुको बारेमा पावर प्वोइन्ट प्रिजेन्टसन मार्फत प्रस्तुत गरेको थियो । विशेष गरी बालमैत्री र पोषणमैत्री कार्यक्रमको अभ्यास तथा सिकाइको लागि नगरपालिकाको टोली गाउँपालिकामा आएको थियो ।
कार्यक्रममा गाउँपालिकाको असल अभ्यासको जानकारी सुन्दर भट्टराई, यक बहादुर थापा, बुद्धीसरा भण्डारीले गराउनुभएको थियो भने जैमिनी नगरपालिकाको असल अभ्यासको प्रस्तुती शिक्षा अधिकृत मिरादेवी शर्माले गर्नु भएको थियो
कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले गर्नुभएको थियो ।






